images images images
images images images
images
images
images

शेयर बजारमा दोहोरो अंकको गिरावट,२६४७ विन्दुमा नेप्से

images

 काठमाडाैं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १४. ५३ अंकले घटेर २ हजार ६४७.०७ विन्दुमा आइपुगेको छ । सुरुवात देखि नै उतारचढाब देखिएको बजारमा अन्तत बजार घटेर बन्द भएको हो । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ करोड ३६ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । यो दिनसर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, राधि विद्युत कम्पनी, युनिर्भसल पावर कम्पनीको शेयर मूल्य ३८ करोड १३ रुपैयाँदेखि ७० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा पनि नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स,मध्यभोटेकोशी जलविद्युत कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य६.९७ प्रतिशतदेखि १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, युर्निभर्सल पावर कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, मन्दाकीनि हाइड्रो पावर, स्वीट गंगा हाइड्रो पावर कम्पनीको ४.२५ प्रतिशतदेखि ८.४५ प्रतिशतसम्मले घटेको छ ।

images
images

 

images
images

प्रतिक्रिया दिनुहोस्