काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र पैचो पसलबीच सर्वसाधारणमा शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।
सुख्खानगर, बुटवलमा रहेको कृषि व्यवसायमा केन्द्रित पैचो पसलले भविष्यमा पब्लिक कम्पनीमा परिणत भई साधारण शेयर आइपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। उच्च पहाडी क्षेत्रका तरकारी उत्पादनलाई गुणस्तर कायम गर्दै बजारमा ल्याउने पैचो पसलले केचप, अचार र जामजस्ता खाद्य परिकार उत्पादन तथा बिक्री गर्दै आएको छ।
कम्पनीले कृषकसँग सहकार्य गर्दै बीउ उत्पादनदेखि बजार पहुँचसम्म ग्रामिण समुदायको आर्थिक र सामाजिक उत्थानमा योगदान दिँदै आएको छ। पैचो पसललाई टु नर्थ एसोसिएट्स प्रा।लि।ले परामर्श र नेपाल सरकारको साना तथा मझौला उद्यम प्रवर्द्धन कार्यक्रम (SMESDP)अन्तर्गत सहयोग प्रदान भइरहेको छ।
एनआईसी एशिया क्यापिटलले “सिड टु आइपिओ” सेवा अन्तर्गत कम्पनीहरूलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ।

















प्रतिक्रिया दिनुहोस्