Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

उज्यालो पर्व तिहारमा भेटायोको ‘झिलिमिली लाइट्स प्याकेज’ अफर

उज्यालो पर्व तिहारमा भेटायोको ‘झिलिमिली लाइट्स प्याकेज’ अफर
विज्ञापन
Advertisement

काठमाडौं । उज्यालो पर्व तिहारलाई लक्षित गर्दै भेटायो एपले झिलिमिली लाइट्स प्याकेज ल्याएको छ । हर्ष, खुशी र उज्यालोले भरिएको तिहार पर्व नजिकिँदै गर्दा आम नागरिकले आफ्नो घर झिलिमिली बत्तीले सजाउने गर्दछन् । साना घरहरुमा सजिलै लाइट लगाउन सकिने भएपनि ठूला ठूला विल्डिङमा बत्ती लगाउन असहज हुने गर्दछ ।

विज्ञापन
Advertisement
Advertisement

त्यसैलाई ध्यानमा राखी भेटायोले सजिलो र झन्झटमुक्त ‘झिलिमिली लाइट्स प्याकेज’ ल्याएको जनाएको छ। उक्त प्याकेज ६१ सय रुपैयाँबाट सुरु हुन्छ । जहाँ ग्राहकले आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नेछन् । प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश रहेको छ ।

यदि ग्राहक आफैसँग भएको झिलिमिलि लाईट जडान मात्र गर्न चाहन्छन् भने पनि भेटायोका अनुभवी इलेक्ट्रीसियनहरूद्वारा प्रति स्ट्रिप ११० रुपैयाँमा सुरक्षित र छरितो रूपमा जडान गरिने प्रबन्ध रहेको भेटायोले जनाएको छ ।

यस्तै, तिहार अघि घर सफा गर्न, कपडा धुनु परेमा वा प्लम्बिङ्ग मिलाउनु परेमा समेत अब यी सबैका कामका लागि भेटायोले तिहार विशेष अफर ल्याएको जनाएको छ ।
ग्राहकले सेवा लिनु परेमा भेटायोको एप मार्फत लिन सक्नेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit