Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एनपीएलको दोस्रो संस्करणमा सह–प्रायोजक बन्यो ओमोडा एन्ड जेइको, उत्कृष्ट खेलाडीलाई ब्रान्डको प्रिमियम गाडी उपहार

एनपीएलको दोस्रो संस्करणमा सह–प्रायोजक बन्यो ओमोडा एन्ड जेइको, उत्कृष्ट खेलाडीलाई ब्रान्डको प्रिमियम गाडी उपहार
विज्ञापन
Advertisement

काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन–२ को ‘म्यान अफ द टुर्नामेन्ट’ लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको हो। यसअघिको पहिलो संस्करणमा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह–प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

देशकै लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ । ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिन उक्त सहकार्य भएको एसपिजि अटोमोबाइल्सले जनाएको छ ।

एसपिजि अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडाले सहकार्यले युवालाई खेलकुदसँग जोड्न प्रोत्साहन पुर्याउने बताए । उनले भने, ‘ओमोडा एन्ड जेइको ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।’

यस्तै, एनपीएल सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा रहेको ओमोडा एन्ड जेइकोले उत्साह बढाउन खेल मैदान बाहिर फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउने जनाएको छ । ओमोडा एन्ड जेइकोले मैदानमा दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी ‘म्यान अफ द टुर्नामेन्ट’ लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गर्नेछ ।

यो साझेदारीले नेपालको अटोमोटिभ क्षेत्रमा ओमोडा र जेइकोको बढ्दो उपस्थितिसँगै खेलकुद, युवा र समुदायप्रतिको प्रतिवद्धतालाई पनि अझ सुदृढ बनाएको कम्पनीके भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit