Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अर्थमन्त्री पौडेलसँग भाजपा विदेश विभाग प्रमुखले गरे भेट

अर्थमन्त्री पौडेलसँग भाजपा विदेश विभाग प्रमुखले गरे भेट
विज्ञापन
Advertisement

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् । त्यसबाहेक सत्ता गठबन्धनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका छन्। त्यसअघि गृहमन्त्री रमेश लेखकसँग चौथाइवालेले भेटेका थिए । कांग्रेस नेता शेखर कोइरालासँग उनले बुधबार राति सँगै डिनर गरेका थिए ।

बुधबार काठमाडौं आएपश्चात नै उच्च राजनैतिक भेट र छलफलमा व्यस्त देखिएका चौथाइवालेले अन्य प्रमुख नेता, प्रतिपक्षी दलका नेता र मधेशी मोर्चाका नेतासँग भेट्ने जनाइएको छ । पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको तनावका सन्दर्भमा नेपालका राजनीतिक नेतृत्वबाट आतंकवादविरुद्धको लडाइँमा समर्थन खोज्ने प्रयास चौथाइवालेको भ्रमणको उद्देश्य देखिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit