Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लुम्बिनी प्रदेश सरकारद्वारा ३७ अर्ब ३८ करोडको बजेट प्रस्तुत, उद्योगहरुलाई कर छुटको घोषणा

लुम्बिनी प्रदेश सरकारद्वारा ३७ अर्ब ३८ करोडको बजेट प्रस्तुत, उद्योगहरुलाई कर छुटको घोषणा
विज्ञापन
Advertisement
बजेट वक्तव्य 2083 84 2083.02.31 Final 1781527585
Download

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख र चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको अर्थमन्त्रीले जानकारी दिए । चालु आर्थिक वर्ष २०८२र०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो।

सरकारले खर्च कटौती गर्न मन्त्रालयहरूको पुनःसंरचना गरी ८ वटामा झार्ने उल्लेख छ । यस्ते, विकास निर्माणलाई प्राथमिकता दिन ‘अधुरा गरौं पूरा’ अभियानअन्तर्गत ८० प्रतिशत काम सकिएका आयोजना सम्पन्न गर्न ६६ करोड ६० लाख विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताए । प्रदेश सरकारले मदिरा र सुर्तिजन्यबाहेकका उद्योगलाई पूर्ण कर छुट तथा ‘उद्यम विकास कोष’ स्थापना गर्ने घोषणा गरेको छ। यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यालय दिवा खाजाको रकममा वृद्धि, प्राविधिक शिक्षामा जोड र मिर्गौला, क्यान्सर तथा मुटुका बिरामीलाई २ लाख रुपैयाँ सहयोगको निरन्तरता दिएको छ।

बालविवाह न्यूनीकरणका लागि १०९ स्थानीय तहलाई १० लाखका दरले सशर्त अनुदान दिने घोषणा प्रदेश सरकारले गरेको छ। ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को दीर्घकालीन सोचका साथ ल्याइएको यो बजेटले संघीयताको लाभ आम नागरिकसम्म पुर्‍याउने र वित्तीय सुशासनलाई प्राथमिकतामा राखेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको बजेटको आकार केही घटेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit