Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लाङटाङको क्यान्जिन भ्यालीमा केन्द्रीय प्रसारण लाइन पुगेपछि बेकरी र चिज उद्योगी उत्साहित

लाङटाङको क्यान्जिन भ्यालीमा केन्द्रीय प्रसारण लाइन पुगेपछि बेकरी र चिज उद्योगी उत्साहित
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिन गुम्बालगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि नियमित विद्युत् सेवा सञ्चालनमा आएको छ। प्रसारण लाइन जडानसँगै करिब २०० घरधुरी तथा स्थानीय व्यवसाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट नियमित रूपमा बिजुली आपूर्ति हुन थालेको हो। प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि करिब ९ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।

केन्द्रीय प्रसारण लाइन पुगेपछि होटल व्यवसायी, स्थानीय बासिन्दा तथा पर्यटकहरू लाभान्वित भएका छन्। साथै क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेका चिज उद्योग, बेकरी उद्योग तथा अन्य साना घरेलु उद्योगलाई समेत व्यवसाय सञ्चालनमा सहज भएको बताइएको छ।

समुद्री सतहबाट करिब ३ हजार ८७० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको प्रमुख हिमाली बस्ती तथा लाङटाङ पदयात्राको महत्वपूर्ण गन्तव्य हो। यहाँबाट हिमाल, हिमनदी तथा आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

प्राधिकरणले विद्युत् सेवा नपुगेका तथा पर्यटकीय महत्वका क्षेत्रमा विद्युत् विस्तार अभियानलाई तीव्रता दिएको छ। गत वर्ष मात्रै रसुवाकै अर्को प्रमुख पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा पनि केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा पुर्‍याइएको थियो।

यसअघि क्यान्जिन क्षेत्रमा कादुरी फाउन्डेसनले निर्माण गरेको १०० किलोवाट क्षमताको च्योहा खोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो। उक्त आयोजना बिग्रिएपछि मर्मतमा लामो समय लाग्ने देखिएपछि वडा कार्यालयको समन्वयमा प्राधिकरणको लाइन जडान गरिएको वडा नं. ४ का अध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले बताए। उनका अनुसार लघुजलविद्युत् आयोजनालाई मर्मत गरी भविष्यमा प्राधिकरणको प्रसारण लाइनसँग ‘सिङ्क्रोनाइज’ गर्ने योजना रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit