Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

१५ अर्ब ६६ करोड लागतमा लहानमा ‘ओभरपास’ निर्माण थालियो

१५ अर्ब ६६ करोड लागतमा लहानमा ‘ओभरपास’ निर्माण थालियो
विज्ञापन
Advertisement

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको कार्य सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो ।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन् । मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बनाइँदै गरेको उनको भनाइ छ ।

आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँ छ । पूर्वीखण्ड सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का लागेको छ । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी कोइरालाले दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit