काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चाल्दै अनलाइन सपिङ साइट दराजमार्फत सेवा दिने भएको छ ।
अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू सपिङ साइट दराजमा पाइने छ। यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्।
नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको तथा ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपपर्ने झन्झट नहुने यामाहाले जनाएको छ । अब ग्राहकले दराजमा गएर सजिलै स्पेयर पार्ट्सका हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न सकिन्छ।
दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ। यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन्।
सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुने विषयलाई मध्यनजर गर्दै दराजमार्फत डेलिभरी सेवा पनि उपलब्ध रहेको छ।
यामाहा नेपाल र दराजको सहकार्य ग्राहकहरूका लागि एकदम लाभदायक हुने कम्पनीले उल्लेख गरेको छ। अब यामाहाका सवारीधनीहरूले विश्वसनीय, गुणस्तरीय र असली स्पेयर पार्टहरू औंलाको एक ट्यापमै पाउन सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्