Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य सर्वसम्मत चयन

नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य सर्वसम्मत चयन
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनले आचार्यको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ नेतृत्व चयन भएसँगै संघले सरकारसमक्ष औषधि मूल्य नीतिसम्बन्धी प्रतिवेदनमा आफ्नो गम्भीर असहमति प्रकट गरेको छ । नवनिर्वाचित अध्यक्ष आचार्यले पदभार ग्रहण गरेलगत्तै पोषराज पाण्डे नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन अव्यावहारिक र समस्याग्रस्त रहेको भन्दै त्यसलाई नसच्याई कार्यान्वयन गर्न नहुनेमा जोड दिएका छन् । ‘उक्त प्रतिवेदनमा थुप्रै त्रुटि छन्, त्यसले आयातकर्ता र उपभोक्ता दुवैलाई असर गर्छ,’ अध्यक्ष आचार्यले भने, ‘सरोकारवालासँग विस्तृत छलफल गरी परिमार्जन गरेर मात्रै यसलाई अघि बढाउनुपर्छ ।’

संघको नयाँ कार्यसमितिमा उपाध्यक्षद्वयमा पृथ्वीराज वैद्य र सुमन कयाल चयन भएका छन् । यसअघि महासचिव रहेका आचार्य अध्यक्ष बनेपछि रिक्त महासचिव पदमा मधु पौडेलले जिम्मेवारी पाएका छन् । त्यसैगरी, सचिवमा सुरेश अग्रवाल र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा मुकुन्द राजभण्डारी, शितोष शाह, डा। आनन्दा राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, नीरजकुमार झा, सुरज टिवटिवाल, चन्द्रशेखर रुँगटा, डा। अब्बुल हुसेन अन्सारी, राज किशोर र आनन्द चौधरी चयन भएको निर्वाचन समिति संयोजक लालबहादुर बोहराले जानकारी दिए । संघको कार्यसमितिमा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित हुनुले व्यवसायीबीच उच्च एकता रहेको सन्देश दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले औषधिको मूल्यसँगै यसको गुणस्तर सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । उनले भने, ‘औषधि जस्तो संवेदनशील वस्तुको गुणस्तरमा कुनै पनि सम्झौता हुनुहुँदैन । यसमा सबै व्यवसायीले पहिलो प्राथमिकता दिनुहोस् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit