काठमाडौं । नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेल सार्वजनिक गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो सेल आजदेखि (जेठ २३ देखि २७ गते ) सम्म सञ्चालन हुने दराजले जनाएको छ ।
६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६५ सम्मको आकर्षक छुट दिने ब्यवस्था गरेको छ । जसअन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११५ सम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५०५ सम्मको छुट र सिल्भर ब्रान्डहरू ¥होटो र न्यानो डायपर्स मार्फत ४०५ सम्मको छुटको ब्यवस्था गरिएको छ।
यो अफरको विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, ६ रुपैयाँमा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।
दराजले यसपटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्ने जनाएको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ । यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने कम्पनीको भनाइ छ।
एड टू कार्ट एण्ड विन अन्तर्गत, १० हजार भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरुको छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजार सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एण्ड विन अन्तर्गत, कम्तीमा ५ हजारको सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेता लाई ५२ हजार ५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने उल्लेख छ ।
सेल मार्फत उपभोक्ताहरुले बचत गर्न सकुन भन्ने उद्देश्यले कम्पनीले बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न अनुरोध गरेको छ । उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा उक्त बस्तु फेला पारे निर्धारित मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सक्ने बताइएको छ ।
दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्