Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यी हुन् सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा योजना’ को असिमित लाभ

यी हुन् सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा योजना’ को असिमित लाभ
विज्ञापन
Advertisement

काठमाडौं । कल्पना विस्ट, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सीमित भुक्तानी सावधिक जीवन बीमा योजनाकी प्रोडक्ट एड्भोकेट हुन् । उनी सन् २०२२ देखि लगातार एमडिआरटी भइरहेकी छिन् भने कम्पनीले सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा विष्टलाई प्रोडक्ट एडभोकेटको जिम्मेवारी दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्नातक तह उत्तीर्ण गरी ‘साइप्रस’ पुगेकी विष्ट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा स्वदेशमै काम गर्ने अवसर प्रदान गरेपछि साढे तीन वर्षपछि नेपाल फर्किएकी हुन् । विष्टले एनजिओमा शिक्षा स्वास्थ्य जस्ता विषयमा तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै फिल्डको कार्य अनुभव समेत हाँसिल गरेकी थिइन् । यसबाट उनको बोल्ने कलादेखि बुझाउने सिपको विकास मात्र भएन कम्पनीमा विष्टले हालसम्म २ सय भन्दा बढी नागरिकलाई जीवन बीमामा जोड्न सफल बनिन् । उनी सन् २०२२ देखि लगातार एमडिआरटी हुनु सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स तथा समग्र बीमा क्षेत्रको लागि गौरवको विषय रहेको कम्पनीले जनाएको छ ।

सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा, असिमिति लाभ पाइने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल संचाल गरिरहेको एक जीवन बीमा योजना सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ग्राहकले असिमित लाभ पाउन सक्ने बताइएको छ । कम्पनीका अनुसार उक्त प्रोडक्ट खरिद गर्दा ग्राहकहरुले बचत गर्न तथा भविष्यका आपतकालीन अवस्थाका लागि समेत सुविधा पाउन सक्छन्। उक्त बीमाको प्रिमियम भुक्तानी बापत प्रत्येक ५ वर्षमा जोखिम कभरमा वृद्धि हुने व्यवस्था छ । यता, राइडरहरूले थप सुरक्षा प्रदान गर्ने र दुर्घटना ः मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा, घातक रोगको रक्षावरणमा समेत सुविधा उपलब्ध छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अनुसार बीमितले १०, १५, २० र २५ वर्ष अवधिको बीमा गर्न मिल्छ भने भुक्तानीको अवधिक्रमशः ८, १२, १६ र २० वर्षको रोज्न सक्ने प्रावधान तोकिएको छ। बीमितले १८ वर्ष र बढीमा ६५ वर्षको उमेरमा सहभागी हुन मिल्ने त्यस्तो योजनामा न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न मिल्ने जनाइएको छ । सोही बीमा लागि बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण हुने जनाइएको हो।

यस्ता छन् तोकिएका सुविधाहरु : भविष्यका लागि बचत

बीमितले बीमा अवधि पुरा भएपछि बिमांकका साथै बोनस प्राप्त गर्नेछन भने भविष्यमा आइपर्ने आर्थिक संकटमा सहज हुने कम्पनीको दाबी छ । बीमितको मृत्यु बीमा अवधि नसकिँदै भएको अवस्थामा निजको परिवारले बीमांकको पूरै (बीमा गरिए बराबरको रकम र बोनस सहित) रकम पाउने व्यवस्था गरिएको छ । सोही योजनामा बीमा अवधि व्यतीत हुँदै जाँदा जोखिम बहन पनि बढ्ने बताइएको हो।

वैकल्पिक राइडर लाभ
बीमितहरुले सोही योजना अन्तर्गत दुर्घटना मृत्यु सुविधा बापतको थप बीमाशुल्क बुझाएमा बीमितको दुर्घटनाबाट मृत्यु हुँदा पनि बीमांक रकमको दोब्बरसम्म कभरेज सुविधा उपलब्ध गराउँदछ । त्यस्तै, पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत पनि बीमितलाई बीमांक सम्मको रकम १ सय २० रुपैयाँ मासिक किस्तामा भुक्तानी पाउनेछन् । सोही योजनाले असहज अवस्थामा समेत बीमितलाई सहजता प्रदान गर्ने कम्पनीको उदेश्य रहेको जनाएको छ।

बीमाशुल्क छुट सुविधा समेत पाइने र बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी असक्तता भएमा उसको बीमाशुल्क मिनाहा गरिने बताइएको छ । सोही योजनामा घातक रोग रक्षावरण सुविधा पनि उपलब्ध रहेको भन्दै कम्पनीले बीमित १८ मध्ये कुनै घातक रोग व्यहोर्नु परे ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी गर्ने बताइएको छ ।

लचिलो भुक्तानी

सोही योजनामा प्रिमियम भुक्तानीमा लचिलो व्यवस्था गरिएको र बीमितले वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक रूपमा प्रिमियम भुक्तानी गर्न मिल्नेछ । प्रत्येक अवधिको लागि प्रिमियम भुक्तानी अवधि पनि भिन्न रहेको बेलामा १० वर्ष अवधिको बीमा गर्न चाहने बीमितले ८ वर्षको भुक्तानी अवधि रोज्न सक्ने कम्पनीले जनाएको छ । १५ वर्षको अवधिको बीमा गर्दा ८ वर्ष र १२ वर्षको प्रिमियम भुक्तानी अप्सन छनोट गर्न मिल्ने व्यवस्था छ। २० वर्ष अवधिको हकमा ८, १२ र १६ वर्षको भुक्तानी अवधि रोज्न सक्ने व्यवस्था रहेको छ। साथै, २५ वर्षको बीमा अवधि रोज्ने बीमितले ८, १२, १६ र २० वर्षको भुक्तानी रोज्न मिल्ने लचिलो भुक्तानीले आफ्नो बजेट र आवश्यकता अनुसार उपयुक्त भुक्तानी सुविधा दिने उल्लेख छ ।
साथै, कम्पनीका अनुसार छोटो अवधिको बीमाशुल्क भुक्तानी गरि पूरा बीमा अवधिको बीमांकको ३ सय २५ प्रतिशतसम्मको जोखिम बहन र जीवन बीमा अवधि सकिँदा समेत आकर्षक बोनस भुक्तानी हुने भएकाले उक्त बीमाको छुट्टै महत्व रहेको इन्स्योरेन्सले जानाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit