images images images
images images images
images
images
images

भारत र पाकिस्तानबीचको तनाव घटाउन बेलायत तयार

images

काठमाडौं । बेलायतले भारत र पाकिस्तानबीच भएको तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा बढी तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन् ।

images
images

उनले भने, “हामी दुवै देशका मित्र र साझेदार हौँ । हामी दुवै देशलाई सहयोग गर्न तयार छौं । हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँं,” उनले बीबीसी रेडियोसँगको अन्तवार्तामा भने ।

बुधबार बिहान भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको छ । पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ भने २६ जना पाकिस्तानीको ज्यान गरएको विवरण पाकिस्तानी समाचार माध्यमले उल्लेख गरेका छन् । पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।

दुई देशबीच चुलिएको तनावलाई घटाउन बेलायतले सहयोग गर्ने जनाएको हो । “हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ,”रेनोल्ड्सले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्