images images images
images images images
images
images
images

गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित छन् : ट्रम्प

images

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमासले पक्राउ गरेका मध्ये २१ जना मात्रै जीवित रहेको बताएका छन् ।

मंगलबार राष्ट्रपति ट्रम्पले तीन बन्धकको मृत्यु भएको र २१ जना मात्र जीवित रहेको बताएका हुन् । ‘आजको मितिसम्म २१ जना छन्, तीन जनाको मृत्यु भएको छ’ ट्रम्पले भने । हालसम्म २४ जना बन्धक जीवित रहेको विश्वास गरिएको उल्लेख गर्दै ट्रम्पले अब २१ जना मात्र जीविति रहेको विस्वास गरेको बताएका हुन् ।

images
images

उनले अब मृत भएको विश्वास गरिएकाहरूको पहिचान वा उनीहरूको मृत्युको बारेमा कसरी थाहा भयो भनी गरिएको प्रश्नमा थप विवरण नदिइ भने, ‘त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि’ ।

जीवित रहेको विश्वास गरिएका २४ बन्धक मध्ये एक अमेरिकी नागरिक एडन अलेक्जान्डर थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि अन्य केही अमेरिकीको शव पनि हमासको कब्जामा रहेको बताइएको छ ।

इजरायलद्वारा बन्धकहरूलाई रिहा गराउने, हमासलाई सिध्याएर गाजा पट्टी कब्जा गरी प्यालेस्टिनी क्षेत्र कब्जा गर्ने योजनालाई सोमबार अनुमोदन गरेपछि राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्