काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् ।
भारतले बुधबार बिहान पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य थप चारजना नजिकका सहयोगी मारिएको
जैस ए मोहम्मदको तर्फबाट बुधबार जारी विज्ञप्तीमा उल्लेख छ । अजहरकी दिदी र भिनाजु, उनका भतिजा र उनकी श्रीमती रहेका छन् । भतिजी र परिवारका पाँच छोराछोरीको पनि मृत्यु भएको जनाइएको छ । आक्रमणमा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको संगठनले जनाएको छ ।
पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैस–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराउँदा ४० भारतीय सैनिक मारिएका थिए । भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले आज पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन् ।
उनले यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको बताइन । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका छन् । एजेन्सी







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्