काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनको भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक गरी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहर बीच लोकप्रिय ब्रान्ड बनिसकेको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुन्डाई नेपालआजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो।
कम्पनीको अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन सहयोग गरेको छ। धेरै मानिसलाई ईभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने हो? लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन? भन्ने चिन्ता आशंकालाई मेटाउने गरी हुन्डाइले सेवा प्रदान गर्ने जनाएको छ ।
हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले ग्राहकले चिन्ता गर्नु नपर्ने
उल्लेख गरेको छ । हुन्डाईका ग्राहकहरुले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउने कम्पनीले जनाएको छ । साथै लक्ष्मी हुन्डाईले ईभी
इको सिस्टमलाई अझै मजबूत बनाउन रिल्याक्स चार्जिङ नेटवर्कको विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा हाल ६६ स्थानबाट सेवा दिँदै आएको जनाएको छ ।
यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुरेर अन्तर्क्रिया गरिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले वैशाख २९ गते पिनाकल ट्रडिङ प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा हुन्डाईका नयाँ के्रटा ईभी सार्वजनिक गरिएको छ। कार्यक्रममा उपस्थित व्यक्तिहरूले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेको कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्