Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

भ्रष्टाचार मुद्दा दर्तापछि कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

भ्रष्टाचार मुद्दा दर्तापछि कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन
विज्ञापन
Advertisement

काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद बस्नेत सहित १५ नेपाली, एक विदेशी र दुई वटा कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले जनही तीन अर्ब २१ करोड, ८३ लाख, ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरेको छ । उक्त मुद्दा आज दायर गरेको हो ।

मुद्दा दायर हुनासाथ सांसद बस्नेतको पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको उल्लेख छ  । ‘‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा (४) बमोजिम थुनामा राखेकोमा त्यसरी थुनामा राखेको अवधिभर र दफा १८ बमोजिम मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ । त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit