Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

युवा विज्ञ परिषद्को प्रमुखमा मदन भण्डारी

युवा विज्ञ परिषद्को प्रमुखमा मदन भण्डारी
विज्ञापन
Advertisement

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा मदन भण्डारीलाई चयन गरेको छ। आज युवा सङ्घले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै कास्की जिल्लाका भण्डारीलाई परिषद्को प्रमुख तोकेको हो ।

विज्ञापन
Advertisement
Advertisement

परिषद्मा एक प्रमुख, एक उपप्रमुख, र एक सचिव सहित ५१ केन्द्रीय सदस्य रहनेछन्। परिषद् लामो समयदेखि सुस्त रहेकाले अब यसलाई सक्रिय बनाउने लक्ष्य सहित नयाँ नेतृत्व चयन गरिएको युवा सङ्घले जनाएको छ।
भण्डारीको नेतृत्व क्षमता, कार्यदक्षता, नवीनता र सृजनशीलताका कारण उनलाई जिम्मेवारी दिइएको युवा संघले उल्लेख गरेको छ ।

साइबर सर्कलदेखि विज्ञ परिषद्को नेतृत्वसम्म

मदन भण्डारी राष्ट्रिय युवा सङ्घ नेपालमा लामो समयदेखि सक्रिय छन्। उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन् । उनले एमालेको साइबर सर्कल विभागमा डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा, र सामाजिक सञ्जालमा त्यसको असर, उपयोगिता र सक्रियतालाई प्रवर्द्धन गर्दै आएका छन् ।
उनको नेतृत्वमा साइबर सर्कल संगठनकै प्रभावशाली अभियानहरूमध्ये एक बनेको थियो। अब उनले युवा विज्ञ परिषद्लाई पुनः सक्रिय बनाउन, रचनात्मक कार्यक्रम अघि बढाउन, र नीति निर्माणमा विज्ञ युवाको प्रभावकारी भूमिका स्थापित गर्न काम गर्ने बताएका छन् ।
“परिषद् अब तदारुकताका साथ अघि बढ्नेछ। हामी नीतिगत अनुसन्धान, समसामयिक विषयमा विज्ञ परामर्श, तथा युवाको पेशागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँदैछौँ,” भण्डारीले बताए।

नयाँ नेतृत्वसँगै युवा विज्ञ परिषद्ले अब व्यावसायिक क्षेत्र, विज्ञान–प्रविधि, राजनीति, समाजसेवा, र शिक्षा लगायतका क्षेत्रका युवाविद् तथा विज्ञहरूलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit