Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष कायम

समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष कायम
विज्ञापन
Advertisement

काठमाडौं । विगत नौ वर्षदेखि विचाराधीन रहेको संघीय निजामती सेवा विधेयक समितिबाट सर्वसम्मत पारित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए। समितिबाट सर्व सहमति अनुरुप विधेयक पास भएको उल्लेख गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘विगत ९ वर्षदेखि विचाराधीन रहेको निजामती विधेयक आज राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसहमत रूपले पास गराउन सफल भएका छौं । यसका लागि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति लगायत सम्पूर्ण सदस्य र यो विधयेक तयार पार्न लाग्नुभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव , कर्मचारी लगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

समितिले पारित गरेको विधेयकमा कुलिङ पिरियड र अवकाश उमेर बढाएर ५८ बाट ६० बनाउँदा लागू गर्ने विषमा विवादित बनेको थियो । यी विषयमा कुलिङ पिरियड २ वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्‍याउँदा १–१ वर्ष गर्ने गरी लागू गरिएको हो। यस्तै विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटक मात्र अन्तरप्रदेश सरुवा गरिने र अतिरिक्त सचिवको व्यवस्था गरिएको छ।

विधेयकमा निजामती सेवा प्रवेशको उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम गरिएको छ। यस अघि महिलाको सेवा प्रवेश अवधि ४० वर्ष कायम थियो। विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको छ । समितिले अन्तिम समयमा जुटेका सहमतिका विषय प्रतिवेदनमा समेट्नका लागि आन्तरिक बैठक बस्ने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit