Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

बाढीपीडितका लागि गुरु रिम्पोछेद्वारा डेढ करोड रुपैयाँ आर्थिक सहयोग

बाढीपीडितका लागि गुरु रिम्पोछेद्वारा डेढ करोड रुपैयाँ आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको लागि गुरु रिम्पोछेले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियार समेत सहभागि थिए। गुरु रिम्पोछेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

सो अवसरमा गुरु रिम्पोछेले आफ्नो पुस्तक ‘जोय अफ लाइफ’ मन्त्री पोखरेललाई हस्तान्तरण गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit