Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘के घर के डेरा घर नम्बर २’ सहित आजबाट हलमा लागे तीन नयाँ फिल्म

‘के घर के डेरा घर नम्बर २’ सहित आजबाट हलमा लागे तीन नयाँ फिल्म
विज्ञापन
Advertisement

काठमाडौं । आजदेखि नेपाली र विदेशी गरी तीन नयाँ फिल्म देशभर प्रदर्शनमा आएका छन्। नेपाली सिनेमा ‘के घर के डेरा घर नम्बर २’, ‘हेल्लो काँशीराम’ र हलिउडको हरर फ्रेन्चाइज ‘फाइनल डेस्टिनेशन : ब्लडलाइन’ एकैसाथ नेपाली सिनेमा घरहरुमा रिलिज भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रर्दशनमा आएको ‘के घर के डेरा घर नम्बर २’ दर्शकमाझ सबैभन्दा बढी उत्साहित देखिएको छ। फिल्मले देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन गरी १६२ शो पाएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्ममा निकै रुचाइएका लेखक बुद्धिसागरको पहिलोपटक लेखिएको स्क्रिप्टको आधारमा घर र डेराको भावनात्मक कथा मार्फत प्रस्तुत गरिएको छ। फिल्ममा आर्यन सिग्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारीलगायत कलाकारको अभिनय छ।

निर्देशक खनाल सामाजिक विषयमा गहिरो रुची राख्ने सिने निर्देशकका रूपमा परिचित छन्। उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर
आम मानिसको कथालाई पर्दामा उतारेका छन्।

आजैबाट प्रर्दशनमा आएको दोस्रो नेपाली फिल्म ‘हेल्लो काँशीराम’ले पनि ४५ शो पाएको छ। बेरोजगारी र युवाको संघर्षको कथा बोकेको फिल्ममा दिलीप रायमाझी मुख्य भूमिकामा छन् भने निर्देशन र लेखन रिम विश्वकर्माले गरेका हुन् ।

अर्कोतर्फ, हलिउड हरर रुचाउने दर्शकका लागि ‘फाइनल डेस्टिनेशन : ब्लडलाइन’ विशेष आकर्षण बनेको छ। जैक लिपोभ्स्की र एडम बी. स्टाइन निर्देशित यस फिल्मले नेपालभर १०७ शो प्राप्त गरेको छ। फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोन मुख्य भूमिकामा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit