Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सर्वोच्च प्रशासनद्वारा पौडेलविरुद्धको रिटमा किन भयो दरपिठ ?

सर्वोच्च प्रशासनद्वारा पौडेलविरुद्धको रिटमा किन भयो दरपिठ ?
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले डा.विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा पौडेलको योग्यता नपुगेको भन्दै मंगलबार सर्वोच्च अदालत पुगेको रिट दरपिठ भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले मंगलबार पौडेलविरुद्धको रिट लिएर सर्वोच्च अदालत पुगे पनि उक्त दिन ढिला भएकाले सर्वोच्च प्रशासनले दर्ता गरेको थिएन । अध्ययनपछि सर्वोच्च प्रशासनले पौडेलविरुद्धको रिटमा दरपिठ कायम गरेको सर्वोच्च अदालतका सूचना अधिकारी तथा सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पौडेल गभर्नमा सिफारिसनै नभएको र उनको योग्यता के कति कारणले नपुगेको हो भन्ने प्रमाण अपुग भएकाले रिट दरपिठ भएको हो ।अड्डा अदालतको प्रमुख समक्ष पेश गरिएको लिखतको रित नपुगेको भए त्यस्तो लिखतलाई फिर्ता दिइन्छ। अदालतले यसरी फिर्ता गर्दा पेश गरेको रिटमा अपुग विषय वा कारण खुलाई लिखतमा यो /यो रित पुगेन भनि लिखत सहिछाप सहित फिर्ता दिने कामलाई दरपिठ भनिन्छ।

राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको र योग्यता नपुगेको भन्दै पौडेलविरुद्ध सर्वोच्चमा रिट पुगेको थियो । पौडेलविरुद्धको सो रिटबारे इजलासले रिट दर्ता गर्न आदेश दिएको खण्डमा मात्र मुद्दा अघि बढ्ने सम्भावना हुन्छ।

गभर्नर सिफारिस समितिका सदस्य रहेका डा.पौडेलले गत वैशाख २८ गते आफूलाई गभर्नर बनाउने खबरपछि सदस्यबाट समितिका संयोजक समेत रहेकन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष राजीनामा बुझाएका थिए ।नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका पौडेल नेपाली कांग्रेसबाट चितवनको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उमेदवार समेत थिए ।

केन्द्रीय बैंक गत चैत २४ देखि कामु गभर्नरको नेतृत्वमा सञ्चालन हुँदै आएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीबाटै नयाँ गभर्नर नियुक्तिका लागि आफ्नो मान्छे राष्ट्र बैंकमा पठाउने अनुमति पाएको छ । यतिखेर नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय झन पेचिलो बनेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit