Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा
विज्ञापन
Advertisement

बन्दीपुर । जिल्लाको म्याग्दे गाउँपालिका–५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय सरकारको तीन करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन् ।

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताए । घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ । खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले सुनाए ।

उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाकाअनुसार उक्त आयोजना अन्तर्गत तीनवटा मुहानबाट पानी सङ्कल नगर्न तीनवटा ट्याङ्की निर्माण गरिएको छ । तीमध्ये दुईवटा ५०–५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । आयोजना पूरा भएसँगै करिब ९०० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

म्याग्दे–५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए ।उनका अनुसार, अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ । विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकामा अहिले भने उनीहरू घर र व्यवसायिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सङ्घीय, प्रदेशर स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए । खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमाकाम गरिरहेको उनको भनाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit