Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट
विज्ञापन
Advertisement

गोदावरी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आज आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार आगामी आवका लागि चालुतर्फ रु एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ रु एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरेको छ ।

बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट रु ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट रु ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ रु एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट रु १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको रु दुई अर्ब ५६ करोड चार लाख बजेटमध्ये जेठ मसान्तसम्म रु एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार प्राप्त भएकामा रु एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिए ।

उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ । विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा स

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit