काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आइतबार सातै प्रदेशमा विभिन्न योग कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
बैंकका अनुसार कार्यक्रममा सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै योगमार्फत स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिमा सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ।
बैंकका कर्मचारीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, सक्रिय रहन तथा आपसी सहकार्यको भावना विकास गर्न कार्यक्रमले प्रेरणा दिएको विश्वास गरिएको छ। काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीसहित वरिष्ठ पदाधिकारी र १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकले यस्ता पहलमार्फत कर्मचारीहरूको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने तथा सकारात्मक र जीवन्त कार्यस्थल संस्कृति निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।















प्रतिक्रिया दिनुहोस्