Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

प्रा. डा. चन्दा कार्कीका दुई कृति सार्वजनिक, बिक्रीबाट प्राप्त रकम सामाजिक उत्थानमा खर्च गरिने

प्रा. डा. चन्दा कार्कीका दुई कृति सार्वजनिक, बिक्रीबाट प्राप्त रकम सामाजिक उत्थानमा खर्च गरिने
विज्ञापन
Advertisement

काठमाडौं । साहित्य, चिकित्सा शिक्षा तथा सामाजिक उत्तरदायित्वलाई एकसाथ समेट्ने उद्देश्यका साथ प्रा. डा. चन्दा कार्की (भण्डारी) का दुई नयाँ कृति ‘छचल्किएका भावनाहरू’ र ‘Essential Instruments Used in Obstetrics and Gynaecology’ आज एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कृतिहरूको संयुक्त विमोचन प्रतिनिधिसभा सदस्य कामिनी चौधरी, वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ तथा नेपाल सरकारका पूर्व योजना प्रमुख डा. बेनु बहादुर कार्की, नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (NESOG) का उपाध्यक्ष डा. सपना अमात्य, विराट मेडिकल कलेजका अध्यक्ष तथा मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की तथा पूर्व प्रतिनिधिसभा सदस्य एवं महिला अधिकारकर्मी बिन्ध्यबासिनी कंसाकार ले संयुक्त रूपमा गरेका थिए।

सार्वजनिक गरिएका कृतिमध्ये ‘छचल्किएका भावनाहरू’ भावनात्मक कविता सङ्ग्रह हो भने ‘Essential Instruments Used in Obstetrics and Gynaecology’ चिकित्सा तथा नर्सिङ शिक्षा क्षेत्रमा अध्ययनरत विद्यार्थी, प्रशिक्षार्थी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि उपयोगी शैक्षिक पुस्तकका रूपमा प्रकाशन गरिएको हो।

प्रा. डा. चन्दा कार्की (भण्डारी) नेपालमा चार दशकभन्दा बढी समय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको क्षेत्रमा समर्पित रूपमा योगदान पुर्‍याउँदै आउनुभएकी वरिष्ठ स्वास्थ्यकर्मी तथा शिक्षाविद् हुनुहुन्छ। आफ्नो लामो व्यावसायिक यात्रामा उहाँले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा महिला स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

नियमित सेवाबाट अवकाशपछि पनि उनका सामाजिक उत्तरदायित्व र देशमा सकारात्मक परिवर्तनका अभियानमा सक्रिय रहँदै आए छ। यसै क्रममा उहाँले सुशासन, पारदर्शिता र परिवर्तनको एजेण्डालाई समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत आफ्नो राजनीतिक यात्रा समेत प्रारम्भ गर्नुभएको जानकारी कार्यक्रममा दिइयो।

कार्यक्रममा बोल्दै लेखक प्रा. डा. कार्कीले आफ्ना कृतिहरू केवल साहित्यिक र शैक्षिक अभिव्यक्तिमा सीमित नभई समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको मानवीय अभियान भएको बताउनुभयो। उहाँका अनुसार पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शिवचन्द्र स्मृति प्रतिष्ठान मार्फत विपन्न, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका क्षेत्रमा पारदर्शी तथा जिम्मेवार ढंगले खर्च गरिनेछ।

कार्यक्रममा सहभागी वक्ताहरूले प्रा. डा. कार्कीको स्वास्थ्य, शिक्षा र सामाजिक सेवाप्रतिको समर्पणको प्रशंसा गर्दै उहाँका कृतिले साहित्यिक तथा शैक्षिक क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरेका थिए।

लेखकले समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, साहित्यप्रेमी, स्वास्थ्यकर्मी, विद्यार्थी तथा शुभेच्छुकहरूलाई पुस्तक अध्ययन, प्रचार–प्रसार तथा सामाजिक अभियानमा सहकार्य गर्न हार्दिक अनुरोध गरे ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit