काठमाडौं। एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बाे सँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि यात्रा तथा साहसिक गतिविधिसम्बन्धी सेवामा आकर्षक छुट र विशेष सुविधा उपलब्ध गराउने भएको छ।
दुवै संस्थाबीच भएको साझेदारीअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकहरूले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा तथा विभिन्न साहसिक गतिविधिमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले एनसेल एपमार्फत नै डिजिटल रूपमा यी सेवाहरू सहजै प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
सहकार्यअन्तर्गत ग्राहकहरूले ट्रिप टर्बोमार्फत टिकट बुकिङ वा अन्य गतिविधिमा सहभागी हुँदा विभिन्न अफरहरूको लाभ लिन सक्नेछन्। विशेषगरी मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा सहभागी हुँदा अधिकतम ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
त्यसैगरी, पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ छुट, त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ छुट तथा बस टिकट बुकिङमा १११ रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।
यी सबै सुविधा प्राप्त गर्न ग्राहकहरूले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ‘ट्रिप टर्बो’ सेक्सन प्रयोग गर्न सक्नेछन्। उक्त प्लेटफर्मले यात्रा, मनोरञ्जन तथा साहसिक गतिविधिसम्बन्धी अफरहरू खोज्न र उपयोग गर्न सहज बनाउने विश्वास कम्पनीको छ।
साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृतले कनेक्टिभिटीका साथै यात्रा र लाइफस्टाइलसँग सम्बन्धित थप मूल्यवर्द्धित सेवा ग्राहकसम्म पुर्याउने उद्देश्यका साथ यो सहकार्य गरिएको बताए। उनले यसबाट ग्राहकहरूले यात्रालाई अझ सहज, किफायती र लाभदायी बनाउन सक्ने उल्लेख गरे।
कम्पनीका अनुसार यो सहकार्य डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा एनसेलको रणनीतिक यात्राको अर्को महत्वपूर्ण कदम हो। एनसेल एपमा नवीन सेवा तथा विश्वसनीय साझेदारका अफरहरू एकीकृत गर्दै कम्पनीले परम्परागत दूरसञ्चार सेवाभन्दा फरक अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकताअनुसार तयार गरिएका यात्रा सेवाहरू उपलब्ध गराउँदै आएको छ। नयाँ साझेदारीले ग्राहकहरूलाई थप सुविधा, बचत र डिजिटल सेवाको सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्