Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख नाघ्यो

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख नाघ्यो
विज्ञापन
Advertisement

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम दुई करोड रुपैयाँ नाघेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१/८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम मात्र दुई करोड ३१ लाख २४ हजार २५० रुपैयाँ रहेको छ। निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए ।

त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम ३२ लाख रहेको छ। खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नं १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ। केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

विसं २०४६ मा स्थापना भएको नेपाल खानेपानी संस्थान धनगढीले यहाँका आम उपभोक्तालाई दैनिक १८ देखि २० घण्टामा १५ लाख एमएलडी (लिटर) जति पानी वितरण गर्ने गरेको कार्यालयको खानेपानी वितरण शाखाले जनाएको छ। खानेपानी संस्थान, धनगढीका हाल १० हजार ४५० सेवाग्राही रहेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक रुपमा न्यूनतम शुल्क ११० रुपैयाँ सेवा शुल्क लिँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit