Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

देशको वैदेशिक व्यापारमा सुधार : निर्यात निर्यातमा ७२ प्रतिशत पुग्दा आयात १३ प्रतिशतमा झर्यो

देशको वैदेशिक व्यापारमा सुधार : निर्यात निर्यातमा ७२ प्रतिशत पुग्दा आयात १३ प्रतिशतमा झर्यो
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८१ -८२ को पहिलो दश महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ। भन्सार विभागका अनुसार श्रावणदेखि बैशाखसम्मको अवधिमा कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि हो।

विज्ञापन
Advertisement
Advertisement

निर्यातमा ७२ प्रतिशतको उछाल

यो अवधिमा निर्यातमा अत्यन्त उत्साहजनक वृद्धि भएको छ। कुल निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको तुलनामा ७२.७१ प्रतिशतले बढी हो। निर्यात वृद्धिको यो दर हालसम्मकै उच्चमध्ये पर्न गएको देखिन्छ। एकै समयमा कुल आयात पनि १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ थियो।

व्यापार घाटा अझै उच्च, तर वृद्धिदर सुस्त

यद्यपि व्यापार घाटा अझै पनि उच्च नै रहेको छ। यस अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.७२ प्रतिशतले बढी हो। निर्यात वृद्धिको दर आयातको तुलनामा दोब्बरभन्दा बढी भए पनि व्यापार घाटा न्यूनीकरणमा ठोस सुधार देखिएको छैन। त्यस्तै कुल व्यापारमा निर्यातको हिस्सा ८.८३ प्रतिशतबाट बढेर १२.८८ प्रतिशत पुगेको छ, जसले ४५।९१ प्रतिशतको सुधार देखाउँछ। यता, आयातको हिस्सा भने ९१.१७ प्रतिशतबाट घटेर ८७.१२ प्रतिशतमा झरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit