Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा

झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा
विज्ञापन
Advertisement

भद्रपुर । यस वर्षको मनसुन र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित विपद्बाट यहाँका करिब नौ हजार घर बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्भावित विपद् पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा आज भएको सर्वपक्षीय बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो जोड दिएका हुन् । बैठकमा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर झण्डै २० लाख नागरिक प्रभावित हुन सक्ने चेतावनी दिएपछि यहाँ पनि सोहीअनुसार तयारी गर्नुपर्ने सरोकार भएकाहरूको जोड छ ।

झापाका अधिकांश स्थानीय तहले मनसुन पूर्वको तयारीमा खासै चासो नदेखाएको भन्दै नेपाल रेडक्रस सोसाइटी झापाले बैठकमा सबैको ध्यानाकर्षण गराएको सभापति लोकराज ढकालले बतार् र । जिल्लाका आठ हजार नौ सय १९ घर बाढीको अति उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावले जनधनको ठूलो क्षति हुन सक्नेतर्फ सचेत रहनुपर्ने आफ्नो भनाइरहेको बताए । उनका अनुसार गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा रहेको तथा कनकाइ, बिरिङ, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमल जस्ता नदीहरूबाट डुबानको खतरा रहेको छ ।

रेडक्रसका अनुसार जिल्लामा कनकाई, बिरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरू तथा नौ स्थानमा वर्षा मापन केन्द्रहरू रहेका छन् । यहाँ रेडक्रसका १२५ जना तालिमप्राप्त स्वंयसेवक तयारी अवस्थामा रहेको छन् । कनकाई नदीको वारिपारि दुई स्थानमा राहत सामग्री भण्डारणका लागि कन्टेनर राखिएको र ती कन्टेनरमा आवश्यक सामग्री थप्न स्थानीय तहलाई आग्रह गरिएको सभापति ढकालले बताए ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस वर्षको मनसुन र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् व्यवस्थापनमा सक्रिय बन्न सरोकार भइका सबैलाई आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit