Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बल्ल देशभर फैलियो मनसुन

बल्ल देशभर फैलियो मनसुन
विज्ञापन
Advertisement

 काठमाडाैं । यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुन प्रणाली हाल देशका सबै भू भागमा सक्रिय भइसकेकोहो ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा यो वर्षको मनसुन असार ६ गते देशभर फैलिएको हो। मनसुन यस वर्ष जेठ १५ गते मा कोशी प्रदेशको अधिकांश क्षेत्र हुँदै नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः जेठ २९ गते (जुन १२) मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिएको थियो।

सामान्यतया, नेपालमा मनसुन जून १३ तारिखतिर पूर्वी भू(भागबाट प्रवेश गर्ने र एक साता भित्र देशभर फैलिने परिपाटी रहेको छ। तर यस वर्ष मनसुन औसत मिति भन्दा १५ दिनअघि नै नेपाल प्रवेश गरेको थियो। यद्यपि देशभर फैलिन भने यसपटक २३ दिन लागेको छ।

मौसमविद्हरूका अनुसार, देशभर मनसुन सक्रिय भएसँगै आगामी दिनहरूमा विशेषगरी बेलुका र रातिको समयमा देशका धेरैजसो स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ।

सरकारी निकायहरूले मनसुनसँग सम्बन्धित सम्भावित विपद्—जस्तै बाढी, पहिरो आदि—प्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit