Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनकोशी मरिण डाइभर्सनको कामले बल्ल लियो गति

सुनकोशी मरिण डाइभर्सनको कामले बल्ल लियो गति
विज्ञापन
Advertisement

मन्थली (रामेछाप) । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजना को स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सक्न सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएपछि यो आयोजनाको कामले गति लिएको हो । अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो रोज्न सक्ने भन्दै चेतावनी दिएका थिए । काम छिटो भए भुक्तानी पनि छिटो गरिने मन्त्रीको आस्वासनपछि आयोजनाको काम द्रुत गतिमा अगाडि बढिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाका लागि १३ दशमलव दुई किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ भने हेडबक्सको काम २० प्रतिशत मात्र सकिएको छ । त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन् । गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधिन हेडबक्सको काममा ठूलो क्षति पुर्याएपछि त्यसयता आयोजनाको काम सुस्त भएको थियो। पट्टेल रमण ज्वाइन्ट भेन्चरद्वारा निर्माणाधिन उक्त आयोजनाको हेडबक्स निर्माणका लागि काम भइरहेको भए पनि बिलअनुसारको भुक्तानी नभएको, निर्माणाधीन काममा बाढी पसेर निक्कै नोक्सानी पुर्याएकाले म्यादभित्र कार्य सम्पन्न गर्न नसकिने निर्माण व्यवसायी रमण पट्टेलले बताए । । तर, अब सबै माग पूरा हुने मन्त्रीको आश्वासनपछि कामलाई तीव्रता दिएको पनि उनले जानकारी दिए ।

यो आयोजना सम्पन्न भएपछि तरार्इका आठभन्दा बढी जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने, ३२ मेघावाट विद्युत् उत्पादन हुने र कूल पानीको १० प्रतिशत पानी खानेपानीका रुपमा प्रयोग हुने बताइएको छ । कूल १४ अर्बको यो आयोजनामा एक अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले बताए । अहिले रामेछापको मन्थली नगरपालिका स्थित वडा नं ६ सेलेघाटमा ड्याम (हेडबक्स)को निर्माण काम भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit