Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

हिम स्टार ऊर्जा कम्पनीले ११ लाख कित्ता बढी आईपीओ निष्काशन गर्ने

हिम स्टार ऊर्जा कम्पनीले ११ लाख कित्ता बढी आईपीओ निष्काशन गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ ३० गतेदेखि ११ लाख बढी कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत (११ करोड १९ लाख रुपैयाँ) बराबरको आईपीयो निस्काशन गर्ने जनाएको छ । ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हिम स्टारले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्दैछ ।

कम्पनीले १ लाख ८६ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्ने जनाएको छ । यस्तै, ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

बाँकी ९३ लाख २५ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीको भनाइ छ । शेयरमूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit