Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनएमबी क्यापिटललाई इक्रा नेपालद्वारा स्तरोन्नति, ‘एनएमबी सरल बचत फन्ड’ को आकार रु. १० अर्ब पुर्‍याउने स्वीकृति

एनएमबी क्यापिटललाई इक्रा नेपालद्वारा स्तरोन्नति, ‘एनएमबी सरल बचत फन्ड’ को आकार रु. १० अर्ब पुर्‍याउने स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौ: इक्रा नेपाल लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडको Fund Management Quality Rating (FMQR) लाई [ICRANP] AMC 2+ मा स्तरोन्नति (अपग्रेड) गरेको छ। उक्त मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउँछ। यससँगै एनएमबी क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

कोष प्रवर्द्धक एनएमबी बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनएमबी क्यापिटलअन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा रहेका छन्।

एनएमबी ५० को २०८२ फागुन ३० गतेसम्मको खुद सम्पत्ति रु. ०.३६ अर्ब कायम रही खुद सम्पत्ति मूल्य (NAV) रु. १० रुपैयाँ ८६ पैसा रहेको छ। एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सोही अवधिमा खुद सम्पत्ति रु. ०.५८ अर्ब कायम रही NAV रु. १२ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, एनएमबी हाइब्रिड फन्ड एल–२ को खुद सम्पत्ति रु. ०.४७ अर्ब कायम रही NAV रु. १० रुपैयाँ ७५ पैसा रहेको छ।

“एनएमबी सरल बचत फन्ड–I” नामक खुलामुखी योजनाको २०८२ फागुन ३० गतेसम्मको खुद सम्पत्ति रु. ४.७३ अर्ब कायम रही NAV रु. ११ रुपैयाँ ०१ पैसा रहेको छ। यस योजनाको Systematic Investment Plan (SIP) अन्तर्गत हाल ५५,००० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको छ र यो संख्या क्रमिक रूपमा वृद्धि भइरहेको छ।

यस योजनाको आकार २०८२ चैत २६ गते रु. ४.९४ अर्ब पुग्न सफल भएको छ। साथै, यस योजनाको आकार रु. १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट मिति २०८२/१२/०८ मा स्वीकृति प्राप्त भएको छ। योजनाको आकार वृद्धि नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/०२ मा बीज पूँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ।

SIP मा बढ्दो आकर्षण तथा हालै प्राप्त आकार वृद्धिसम्बन्धी स्वीकृतिले यस योजनाको पहुँच र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गर्ने विश्वास लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit