Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्यान्ड्स विरुद्ध १६ रनले नेपालकाे जित

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्यान्ड्स विरुद्ध १६ रनले  नेपालकाे जित
विज्ञापन
Advertisement

काठमाडाैं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५ रनले हराएको छ । जितका लागि २३७ रनको लक्ष्य दिएको नेपालले नेदरल्यान्ड्स ९ विकेटको क्षतिमा २ सय १८ रन मात्र बनाउन सक्यो । त्यसमा पनि नेपालाई १० रनको पेनाल्टी दिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५र३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११र११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।

नेदरल्यान्डस्का लागि पउल भान मिकेरनले चार विकेट लिदाँ माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit