Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

गन्यापधुरामा एक करोड लगानीमा जिल्लाकै नमूना खेलमैदान बन्दै

गन्यापधुरामा एक करोड लगानीमा जिल्लाकै नमूना खेलमैदान बन्दै
विज्ञापन
Advertisement

काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ । गन्यापधुरा –२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए । ।

विज्ञापन
Advertisement
Advertisement

खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ । स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदानले सहयोग गर्ने कार्कीले बताए ।

अध्यक्ष कार्कीले भने, “जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ र क्रिकेट खेल्न योग्य मैदान बन्ने छ । ”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit