Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग गर्ने ट्रम्पको धम्की

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग गर्ने ट्रम्पको धम्की
विज्ञापन
Advertisement

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई कडा चेतावनी दिइका छन् । राष्ट्रपति ट्रम्पले यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गरे इरानले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने कडा चेतावनी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ भनाई ट्रम्पको छ । तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने चेतावनी दिएका छन् । ट्रम्पले अमेरिकाले इजरायललाई साथ नदिएको दाबी गरिरहँदा इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताएका थिए । तर, इजरायललाई अमेरिकाले इरानमा आक्रमण गर्नुपूर्व गुप्त रुपमा अत्याधुनिक मिसाइलहरु उपलब्ध गराएको अमेरिकी मिडियाले बताएका छन् । अमेरिकाले आफ्ना प्रतिनिधिहरुलाई घटना हुनुपूर्व नै फिर्ता बोलाउनुले पनि इरानविरुद्ध इजरायलले गरेको आक्रमणमा अमेरिकाको सहयोग रहेको प्रस्ट पारेको छ ।

तर, अमेरिकाले यसलाई पूर्ण अस्वीकार गरेको छ । आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले भनेका छन्, ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ उनले दोहोर्‍याए । यसैगरी, इरानले शुक्रबारको हमलापछि इजरायल र अमेरिका दुवैले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएपछि ट्रम्पले अमेरिकामाथि इरानले आक्रमण गरे आफूहरु पूर्ण सैन्य शक्तिद्वारा आक्रमण गर्ने बताएका छन् । उनले इरानले अमेरिकाले इरानले कहिल्यै नदेखेको पूर्ण सैन्य शक्तिको सामना गर्नुपर्ने कडा चेतावनी दिए ।

“यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ग¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, ट्रम्पले भनेका छन् । यस्तै उनले इरान र इजरायलबीचको द्वन्द्व सजिलै अमेरिकाले रोक्न सक्ने जिकीर गरे । ट्रम्पले भने, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ १११”

ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गरेका थिए ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो । उनले इरानमाथि पुनःप्रतिबन्धहरू लगाइका थिए । इरानसँग आणविक सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit