Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कवि बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

कवि बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक
विज्ञापन
Advertisement

ललितपुर। कवि तथा सर्जक बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ बुधबार ललितपुरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। चौधरीको यसअघि कविता, गीत, गजल, निबन्ध लगायतका २२ कृति प्रकाशित भइसकेका छन् भने ‘देवयानी’ उनको २३ औं कृति तथा पहिलो आख्यान हो। पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो र डिजिटल रूपमा विमोचन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको पहिलो चरणमा लेखक उमा सुवेदी, अमर न्यौपाने, विश्वमोहन श्रेष्ठ, उषा शेरचन, समीक्षिका कुमारी लामा र पत्रकार बबिता बस्नेतले पुस्तकबारे आफ्ना पठन अनुभव प्रस्तुत गरे।

लेखक अमर न्यौपानेले उपन्यासले पुरुष पात्रको मनोदशा अत्यन्तै प्रभावशाली रूपमा उतारेको भन्दै प्रशंसा गरे। समीक्षिका कुमारी लामाले भने, ‘यो आख्यानले महिलाको मौन विद्रोहलाई अत्यन्त सशक्त तरिकाले चित्रण गरेको छ।’

कार्यक्रमको दोस्रो चरणमा अभिनेता दिव्यदेवले लेखक बसन्त चौधरीसँग संवाद गर्दै उपन्यासको सन्दर्भमा लेखकीय दृष्टिकोण प्रस्तुत गराए। चौधरीले भने, ‘प्रेमको थुप्रै आख्यान लेखिएका छन्। तर देवयानी मा मैले समाजमा विद्यमान प्रेमको त्यस्तो पाटो समेटेको छु, जुनबारे बोल्न अझै पनि समाज हिच्किचाउँछ।’

उनले थपे, ‘प्रेम एकै हुन्छ, तर व्यक्त गर्ने र ग्रहण गर्ने तरिका फरक हुन्छ। मैले यथार्थ जीवनका अभिव्यक्तिहरूलाई नै आख्यानमा उतार्ने प्रयास गरेको हुँ।’

देवयानी मा प्रेम, मौनता, विद्रोह र सामाजिक संवेदनशीलता जस्ता आयामलाई समेटिएको लेखकको भनाइ छ। चौधरीको यस पहिलो आख्यानप्रति साहित्यिक वृत्तमा चासो र उत्सुकता देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit