Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

उद्घाटन खेलमा जनकपुरद्वारा गोर्खाजसामु १३१ रनको लक्ष्य प्रस्तुत

उद्घाटन खेलमा जनकपुरद्वारा गोर्खाजसामु १३१ रनको लक्ष्य प्रस्तुत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजसामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन जोडेको हो।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। ४१ बलको सामना गरेका उनले एक छक्का र ६ चौका प्रहार गरे ।
यस्तै, मयान यादवले अविजित ३४ रन बनाउँदा लाहिरु समरकुनले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गोर्खाजका लागि मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिए । यस्तै, करण केसी, साहब आलम र सन्तोष यादवले समान एकरएक विकेट लिए।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit