Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तीब्र उत्तारचढाबका बीच शेयर बजारमा सामान्य अंकको सुधार

तीब्र उत्तारचढाबका बीच शेयर बजारमा सामान्य अंकको सुधार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से सूचकमा तीब्र उतार चढाब आएको छ । यो दिन नेप्से परिसूचक ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा आइपुगेको छ । नेप्से सूचक निरन्तर घटिरहे पनि बजार २६ सयको विन्दुबाट माथिल्लो विन्दुको प्रतिरोधलाई तोड्न सकेको छैन । नेप्से सूचक बढेसँगै कारोबार रकम भने ६ अर्ब ४७ करोड रुपैयाँको मात्र कारोबार हुन सकेको छ । यो दिन ३२५ कम्पनीको १ करोड ७५ लाख कित्ता शेयर किनबेच भएको छ । १२३ कम्पनीको शेयर मूल्य बढ्दा १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन जोशी हाइड्रो पावर, पञ्चकन्या मई हाइड्रो पावर, बरुण हाइड्रो पावर, पाँचथर पावर कम्पनी, राधि विद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्मले बढेको छ ।
सामान्य अंकले बढेको बजारमा गुराँश लघुवित्त वित्तीय संस्था, पियोर इनर्जी, दोर्दी खोला जलविद्युत कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ३.८९ प्रतिशतदेखि १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये सातवटा समूहको सूचक सामान्य अंकले बढेका छन् भने ६ वटा समूहको सूचक घटेका छन् । सर्वाधिक बढ्ने समूहमा ट्रेडिङ समूह रहेको छ । जसको यो दिन २.७२ प्रतिशतले बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit