काठमाडाैं । शेयर बजार निरन्तर घट्दा लगानीकर्ता निराशा बनेका छन् । साताको दोस्रो दिन पनि शेयर बजार घट्नेक्रमले निरन्तरता पाएपछि लगानीकर्ता निराश बनेका छन् । घट्दो बजार घट्दो कारोबारले लगानीकर्ताहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बजारमा पर्ख र हेरको अबस्थामा छन् । यतिबेला सबैको लगानीकर्ताको ध्यान नयाँ गभर्नरतर्फ ढक्लिएको छ सरकारले आगामी नयाँ गभर्नरमा कस्त व्यक्तिलाई नियुक्ती दिलाउँछ भन्ने कुराले अबको शेयरप्रतिको नीतिमा फरक पार्ने लगानीकर्ताको भनाई छ । एक ब्रोकर भन्छन,‘ यतिबेला लगानीकर्ताहरु नयाँ गभर्नरको खोजिमा छन्, उपयुक्त पात्र र बजारमैत्री व्यक्ति आएपछि लगानी गरौंला भन्नेहरुको संख्या र बजार त्यसको शक्ति संचयमा देखिन्छ ।’
हुन पनि बजार निरन्तर जसो घटिरहेको छ । २९ सय विन्दुसम्म पुगेको बजार पुन करिब ३ सय अंकले घटेर बजार २७ सय विन्दुमा फर्र्किएको छ । औसत दैनिक ८ अर्ब माथिको कारोबार हुँदै आएको बजार अहिले ४ अर्ब कारोबारमा झर्न थालेको छ । यसले पनि लगानीकर्ता बजारमा हतारिन र अतालिन दुबै चाहेका देखिदैन् भन्ने संकेत गर्छ । सोमबार नेप्से परिसूचक १०.१४ अंकल घटेर २ हजार ७०४. ७० विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ३३१ कम्पनीको करिब १ करोड कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्यारेन्स, नेपाल रिइन्स्योरेन्स,महालक्ष्मी विकास बैंक र एनआरएन इन्फाष्ट्रचर एण्ड बैंकको २० करोड रुपैयाँदेखि ४३ करोड रुपैयाँसम्मको कारोबार भएको छ । घटेको बजारमा पनि राप्ति हाइड्रो एण्ड जनरल इनर्जी, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक,मानुषि लघुवित्त वित्तीय संस्था र इष्र्टन हाइड्रो पावर कम्पनीको ३.२६ प्रतिशतदेखि ९.८६ प्रतिशतसम्मले नाफा आर्जन गरेका छन् ।
त्यस्तै सर्वाधिक गुमाउने कम्पनीमा महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रो,विशाल बजार कम्पनी, र एनआइसी एशिया ग्रोथ फण्डको शेयर मूल्य ३ प्रतिशतदेखि ५६३ प्रतिशतले घटेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्