images images images
images images images
images
images
images

मौद्रिक नीतिमा गभर्नर लचिलो भन्दा शेयर बजारमा चमक, ६ महिनापछि नेप्से सूचक २८ सय विन्दुमा फर्कियो

images

 काठमाडाैं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि शेयर बजारमा उच्च अंकको हरियाली छाएको छ । गत मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा मार्फत बैंक तथा वित्तीय संस्थामाथि लचिलो नीति लिएको थियो जसले आजको शेयर बजार थप उत्साहित बनाएको हो । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । यहीं कारण बैंकको सेयरमा आकर्षण देखिएको छ । महाप्रसाद अधिकारीको कार्याकाल सकिनै लाग्दा उनले मौद्रिक नीतिको समिक्षा मार्फत नीतिलाई लचिलो बनाउँदा लगानीकर्ता उत्साहित भएका हुन् ।

अहिले बजेर ३७ मिनेट जाँदासम्मको अबस्थामा नेप्से परिसूचक ४२.४९ अंकले बढेर २८ सयको विन्दुमा छ । यो विन्दु ६ महिना यता उक्लिन सकेको थिएन । मौद्रिक नीतिको समिक्षाकै बलमा बजारले यो स्थान समातेको बजार विश्लेषकहरु बताउँछन् । यो विन्दु गत भदौं १८ यता २८ विन्दमा थियो ।

images
images

अहिले कारोबार भइरहेको अबस्थामा कारोबारमा आएका १३ वटै समूहको सूचक उच्च अंकले बढेको छ । बैंकिङ समूहको सूचक २.८४ प्रतिशतले सबैभन्दा उच्च छ । बैंकको शेयर उचालिँदा अन्य सूचकमा बल पुगेको हो । यो समाचार तयार पार्दासम्मको अबस्थामा ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भइसकेको छ । बजारको खुलेको सुरुवातदेखि नै नेप्से सूचक उच्चले अंकले बढेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्