Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’, दैनिक झन्डै पाँच सयले गर्छन भ्रमण

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’, दैनिक झन्डै पाँच सयले गर्छन भ्रमण
विज्ञापन
Advertisement

दाङ । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने,“यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।” त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।

पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताए । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उनको भनाँइ छ । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ । “हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ”, उनले भने ।

भण्डारीका अनुसार यहाँ दैनिक चार सयदेखि पाँच सय जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई÷तीन हजार बढीले अवलोकन गर्ने गरेको उनले सुनाए । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताए ।

यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नुपर्छ ।

त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए, तर स्थानीयले अतिक्रमणलाई रोके र रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।

विसं २०५९ मा स्थानीय हरि रिजालको नेतृत्वमा यसको काम अगाडि बढेको थियो । पछि इञ्जिनियर वासुदेव रिजालले त्यसलाई रेखाङ्कन गरेपछि त्यहाँ पार्क निर्माणको काम भएको जनाइएको छ । “शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित काम अघि बढेको थियो । त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो”, अध्यक्ष भण्डारीले भने, “त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit