Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

माछापुच्छ्रे बैंकले तीन महिनामै कमायो ५५ करोड, लाभांश क्षमता कति ?

माछापुच्छ्रे बैंकले तीन महिनामै कमायो ५५ करोड, लाभांश क्षमता कति ?
विज्ञापन
Advertisement

काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले असोज मसान्तसम्म ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ थियो । बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सुधारले समेत योगदान गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.५९ प्रतिशत बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोजसम्म यस्तो आम्दानी १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँ थियो ।

बैंकले पहिलो त्रैमासमा ४३ करोड ८५ लाख ६९ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी २ अर्ब ३० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८६ करोड २ लाख ५३ हजार रुपैयाँ कायम भएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।नाफामा सुधार देखिए पनि बैंकको वितरणयोग्य नाफा भने ११ करोड २१ लाख २४ हजार रुपैयाँमा सीमित छ । यसअनुसार बैंकको लाभांश वितरण क्षमता १.५१ प्रतिशत रहेको छ ।

१५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ सञ्चित छ । व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ३.५७ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ निक्षेप थियो । त्यस्तै, बैंकको कर्जा प्रवाह ५.४६ प्रतिशतले वृद्धि भई १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असोजसम्म बैंकले १ खर्ब ६३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७.९३ प्रतिशत कायम भएको छ।

बैंकको प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ। अघिल्लो वर्ष १३ रुपैयाँ ४३ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १५.४२ गुणा रहेको छ। यता, बैंकले खराब कर्जाको अनुपात पनि घटाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.१३ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा घटेर ३.९७ प्रतिशतमा झरेको छ। समग्रमा वित्तीय विवरणले माछापुच्छ्रे बैंकले पहिलो त्रैमासमा नाफा, ब्याज आम्दानी, निक्षेप तथा कर्जा विस्तारमा सुधार देखाएको छ। यद्यपि, वितरणयोग्य नाफा र लाभांश क्षमताको अवस्था भने तुलनात्मक रूपमा केही कमजोर देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit