images
images
images

यातायात व्यवस्था विभागमा युवाहरुले गरे सरसफाइ (तस्बिरहरु)

images
images
images

काठमाडौं । मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगलागीपछिको पुनर्निर्माणमा युवाहरुले आज श्रमदान गरेका छन् ।

शुक्रबार संविधान दिवसको अवसर पारेर स्वस्फूर्त रुपमा विभागमा पुगेका युवाहरुले परिसरमा रहेका सामग्री व्यवस्थापनमा सहयोग गरेका हुन् । पुर्नर्निमाण अभियान अन्र्तगत ‘हाम्रो ठाउँ हामी बनाऔं’ भन्ने नारा लेखिएको व्यानसहित पुगेका उनीहरुले सरसफाइ र साना मर्मतका कार्यमा सहयोग गरेका छन् ।

images

गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगलागीबाट विभागका सबै संरचना र अभिलेख पूर्णरूपमा नष्ट भएका थिए। विभागमा भएको आगलागीमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने मास प्रिन्टर मेसिन र स्मार्ट कार्ड स्टक जलेर नष्ट भएपछि विभागले लाइसेन्स वितरणमा अनिश्चितकालीन रोक लगाएको छ। यस्तै, विभागको पछाडि रहेको पर्सनलाइजेसन सेन्टर समेत पूर्ण रूपमा जलेर नष्ट हुँदा
त्यहाँ रहेका ५ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेट र छाप्न बाँकी लाखौँ प्लेट जलेर खरानी भएका छन्।

जसकारण हालै मात्रै अनिवार्य बनाइएको नम्बर प्लेट प्रणाली पूर्ण रूपमा ठप्प बनेको छ । लाइसेन्स वितरण र नम्बर प्लेट प्रणाली बन्द हुँदा हजारौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

तस्बिर : नेपाल न्यूज बैंक

 

images
images

प्रतिक्रिया दिनुहोस्