Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीमा नाकामा कडाइ गरेसँगै गौर भन्सारद्वारा लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन

सीमा नाकामा कडाइ गरेसँगै गौर भन्सारद्वारा लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन
विज्ञापन
Advertisement

रौतहट । रौतहटको गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य समयभन्दा अगाडि नै पूरा गर्ने देखिएको छ। आर्थिक वर्ष सकिन अझै साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको वार्षिक लक्ष्यको करिब ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार कार्यालयका अनुसार यस वर्षका लागि निर्धारण गरिएको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकामा हालसम्म (वैशाख १३ सम्म) ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ संकलन भैसकेको छ ।

गौर भन्सारका प्रमुख भन्सार अधिकृत विकास कुमार रजकका अनुसार सिमानामा हुने अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न चालिएका प्रभावकारी कदमका कारण यो सफलता मिलेको हो। ‘विगतका वर्षहरूमा लक्ष्य भेटाउन निकै चुनौती हुने गरेको थियो, तर यस वर्ष भन्सार प्रशासनले लिएको कडा नीति र अनिवार्य भन्सारको नियमले सकारात्मक प्रभाव पारेको छ,’ प्रमुख रजकले बताए।

सरकारले भारतबाट १०० रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ लागू गरिरहेको छ । साथै, सीमा नाकाबाट भित्रिने वस्तुहरूको आयातमा विशेष निगरानी र सुरक्षा कडाइ हुँदा चोरी पैठारी केही नियन्त्रण भई राजस्वमा सिधै वृद्धि देखिएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit