Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रोकिएन शेयर बजारको घट्दो यात्रा,करिब ५ अर्बको कारोबार

रोकिएन शेयर बजारको घट्दो यात्रा,करिब ५ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । शेयर बजार घट्ने क्रम आज पनि जारी रह्यो । अघिल्लो दिन २६ अंकले घटेको बजार यो दिन आइपुग्दा पुन : २५.८१ अंकले घट्दा दुई हजार ७४४.४५ विन्दुमा  पुगेको हो । बजार निरन्तर घट्दा लगानीकर्ता प्यानिक बन्न थालेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बजारसँगै कारोबार रकम पनि घट्न पुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३५१ कम्पनीको १ करोड २१ लाख कित्ता शेयर किनबेचहुँदा चार अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स,पाल्प सिमेन्ट इष्ड्रटिज,कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रो लिमिटेडको १७  करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक,नेपाल लाइफ समृद्धि लगानी योजना, १२ प्रतिशत आइसीएफसी फाइनान्सको ऋणपत्र २.९५ प्रतिशतदेखि १३.८१ प्रतिशतसम्मले बढेको छ ।

कुमारी बैंकको ऋणपत्र,शिखर पावर डेभलपमेन्ट,पाल्पा सिमेन्ट इष्ड्रटिज,त्रिशुली जलविद्युत कम्पनीको  ६.९८ प्रतिशतले घटेको छ ।

यो दिन कारोबारमा आएका  १३ समूहको सूचकमध्ये तीन उपसमूहको सूचकमा हरियाली रहँदा अन्य १० उपसमूहको सूचकमा भारी गिरावट आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit