images images images
images images images
images
images
images

गरिमा विकास बैंक ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलबीच उपचारमा विशेष छुट

images

 काठमाडाैं। गरिमा विकास बैंक ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलबीच उपचारमा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको छ । सम्झौता अनुसार गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्नसकिने सम्झौतामा उल्लेख छ ।

images
images

कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिने छ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाईल बैकिङ् र डेविट÷क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्नसक्नेछन् ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्