images images images
images images images
images
images
images

सुकुम्वासीको विवरण संकलन विपद् जोखिम नक्सांकनका लागि मात्रै हो: नेपाली सेना

images

काठमाडौं । नेपाली सेनाले सुकुम्वासीहरूको विवरण संकलन गर्ने कार्य केवल सम्भावित विपद् जोखिमको नक्सांकन गर्नका लागि मात्र भएको जनाएको छ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा सेनाले सुकुम्वासीको विवरण माग गरेको विषयमा टिप्पण भइरहँदा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे प्रष्टीकरण दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘ विभिन्न सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्वासीहरूको विवरण माग गरेको सम्बन्धमा आएका खबरहरूप्रति ध्यानाकर्षण भएको छ । सेनाका स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ गरी उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई प्रभावकारी बनाउनका लागि मात्र तथ्याङ्क अद्यावधिक गरिएको हो ।’

images
images

सेनाले नजिकिँदै गरेको वर्षातको समयमा हुन सक्ने बाढी, पहिरो, डुबान र नदी कटान जस्ता जोखिमहरूलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरूप यो कदम चालिएको बताएको छ । विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूबाट पाठ सिक्दै मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरोकारवाला निकायहरूसँगको समन्वयमा यस्तो योजना बनाइएको सेनाको दाबी छ ।

सेनाका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरूको पहिचान र तथ्याङ्क भएमा विपद्को समयमा छिटो र छरितो ढंगले उद्धार कार्य सञ्चालन गर्न सजिलो हुने उद्देश्यले मात्र यो विवरण संकलन गरिएको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्