Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सञ्चालन नाफा आधा घट्यो, एनआईसी एशिया बैंकको नाफामा सामान्य असर

सञ्चालन नाफा आधा घट्यो, एनआईसी एशिया बैंकको नाफामा सामान्य असर
विज्ञापन
Advertisement

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १५ करोड ६७ लाख रुपैयाँको तुलनामा १०.४९ प्रतिशतले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकको नाफामा गिरावट आउनुका मुख्य कारणहरूमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको उल्लेखनीय कमी देखिन्छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, सञ्चालन नाफा झन् तीव्र रूपमा ४७.८६ प्रतिशतले घट्दै ६७ करोड २९ लाख रुपैयाँमा झरेको छ।

यद्यपि, इम्पेयरमेन्ट चार्ज भने केही घटेको देखिन्छ। अघिल्लो वर्ष ३ अर्ब ५ करोड रुपैयाँ रहेको यस्तो प्रावधान चालु वर्षमा घटेर २ अर्ब ९१ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको वित्तीय अवस्थाको अर्को चिन्ताजनक पक्ष भने वितरणयोग्य नाफा ऋणात्मक रहनु हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले लाभांश वितरण क्षमतामा दबाब पर्ने संकेत गर्छ।

सूचकांकतर्फ, बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २५ पैसा मात्रै रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा कायम भएको छ।

चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। निक्षेप तथा कर्जा विस्तारतर्फ भने बैंक सक्रिय देखिएको छ । बैंकले ३ खर्ब ३४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

तेस्रो त्रैमासिक वित्तीय विवरणले आम्दानी र नाफामा दबाब देखाए पनि कर्जा विस्तार र जोखिम व्यवस्थापनतर्फ केही सुधारको संकेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit